आज देखि सरकारी अस्पतालमा मात्रै कोभिड -१९ को नि:शुल्क उपचार

480
Shares

काठमाडौँ, २८ माघ । सरकारले कोभिड -१९ को संक्रमणमा परेकाहरुको उपचार आजबाट सरकारी अस्पतालमा मात्रै हुने बताएको छ । उसले यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरुको हकमा आजको मितिले १० दिनसम्मको मात्रै सोधभर्ना गर्ने स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा आज बसेको आइसिएस कमाण्ड बैठकले कोभिडको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले पीसीआर शुल्क समेत समायोजना गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजबाट सरकारी प्रयोगशालामा पीसीआर गराउँदा लाग्ने शुल्क १ हजार तोकिएको बताए । यसअघि पीसीआरको शुल्क २ हजार तोकिएको थियो ।

यस्तै बैठकले खोप अभियानको दोस्रो चरण आगामी २ फागुनबाट सुरु गर्ने भन्दै त्यसको प्राथमिकिकरण समेत गरिईसकेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *