विश्वमै पहिलो पटक अनुहार र दुईवटा हातको सफल प्रत्यारोपण

एजेन्सी । विश्वमै पहिलो पटक न्यूयोर्कका चिकित्सकहरुले एक व्यक्तिको अनुहार र दुईवटा हातको सफल प्रत्यारोपण गरेका छन् ।

न्युजर्सीका २२ बर्षीय जो डिमेओको न्यूयोर्कस्थित एनवाईयु लगुन हेल्थकेयरका चिकित्सकले २३ घण्टा लगाएर अनुहार र हात प्रत्यारोपण गरेका हुन् । त्यसका लागि एक जना डोनरको अनुहार र हात प्रत्यारोपण गरिएको थियो ।

गत १२ अगस्ट महिना भएको यो प्रत्यारोपणका लागि १४० जना स्वास्थ्यकर्मीहरु खटेका थिए ।

सन् २०१८ मा कार दुर्घटनामा परेका डिमेओको त्यसबेला शरीर लगभग ८० प्रतिशत जलेको थियो । आगोले उनको हातका औलाहरु खाईदियो । ओठ र आँखा गुमे ।
शल्यक्रिया पछि डिमेओले आफूले जिन्दगीको दोस्रो मौका पाएको बताए ।

आफ्नो नाइट डिउटी सकेर घर फर्कदै गरेका डिमेओको कार ब्रेक फेल भएपछि दुर्घटनामा परेको थियो । दुर्घटनापछि कारमा आगो लागेको थियो ।

दुर्घटनापछि गम्भीर अवस्थामा उद्धार गरिएका उनले चार महिना वर्न वाडमा विताएका थिए । त्यसक्रममा उनको २० वटा बढी शल्यक्रिया गरिएको थियो । तर हात र अनुहारको केही सिमित मात्रामा उपयोग गर्न सक्ने भयो ।

अनुहार प्रत्यारोपण कार्यक्रमका निर्देशक ई रोड्रिगेजले भने, उसलाई अनुहार मात्रै दिएनौँ, उसलाई काम गर्न सक्ने हात पनि उपलव्ध गराउन सफल भयौँ ।
डिमेओले ४५ दिन आईसीयूमा विताएका थिए । त्सपछि सर्जरीमा र त्यसपछिका दुई महिना पनि अस्पतालमा नै । त्यसपछि उनले उनले आँखा उघारे र हातहरु चलाउन थाले ।

उनको प्रत्यारोपण सफल हुनु अघि नै दुईपटक पनि प्रयास भएको थियो तर त्यो सफल हुन सकेन । तर पछिल्लो पटकको प्रयासमा अंगहरु रिजेक्टमा नपरेपछि यो सफल भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *