बाँकेमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु

3.2k
Shares


बाँके, १६ माघ । बाँकेमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट एक जना स्वास्थ्यकर्मी महिलाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) ४२ वर्षीय रमा भारतीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

भारतीमा माघ १३ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे निधन भएको हो ।

नेपाली सेनाले मृतकको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्ने बताइएको छ ।

यसैबीच बैजनाथ गाउँपालिकाका अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै भारतीको निधनमा शुक्रबार पालिकासहित वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरिएको जनाएका छन् ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले  विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *