
काठमाडौँ, ७ माघ । काठमाडौँ बिश्वविद्यालय (केयु) को उपकुलपतिमा डा. भोला थापा नियुक्त भएका छन् ।
बिश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिका लागि सिफारिसमा परेका तीनजना मध्यबाट डा थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।