एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा ९ र १० फागुनमा, फारम भोलिबाट खुल्दै

काठमाडौ, ४ माघ ।  नेपाल मेडिकल काउन्सिलले आगामी ९ र १० फागुनमा ५९ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने भएको छ । एमबीबीएस र बीडीएस उत्तीर्णहरुका लागि लिइने यो परीक्षाका लागि काउन्सिलले भोलि (सोमबार)बाट अनलाइन आवेदन फारम खुल्न लागेको जानकारी दिएको छ ।

काउन्सिलका अनुसार आवेदन फारम २४ माघसम्म नियमित र २५ र २६ माघका दिन विलम्ब शुल्क तिरेर भर्न सक्नेछन् ।

चार चार महिनाको अन्तरमा हुने परीक्षा यसअघि कोरोनाका कारण नियमित तालिकामा हुन सकेको थिएन । अब भने त्यसलाई नियमित रुपमा सञ्चालन गर्ने योजनामा काउन्सिल रहेको बुझिएको छ ।

काउन्सिलले फागुनमा अन्डर ग्राजुएटको तहको परीक्षा लिएर चैतमा पोष्ट ग्राजुएट्सको परीक्षा लिने योजना बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *