नेपालमा कोभिडबिरुद्धको खोप छिटै उपलव्ध हुनेछ : राजदूत आचार्य

काठमाडौँ, २ माघ ।  भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपालमा कोभिडबिरुद्धको खोप छिटै उपलव्ध हुने दावी गरेका छन् । उनले त्यससम्वन्धी जानकारी पनि छिटै सार्वजनिक हुने बताएका छन् ।

भारतको तीन दिने भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच आज दिउसो हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । सो क्रममा नेपालले कोभिड विरुद्धको खोपको उपलव्धताबारेमा समेत छलफल भएको बताइएको छ ।

‘हामीले भरपर्दो आश्वासन पाएका छौँ । नेपालले छिटै खोप प्राप्त गर्ने छ । उपयुक्त मात्रामा खोप प्राप्त गर्ने छ । पहिलो चरणमा छिटै र त्यसपछिका चरणमा पनि सहजताका साथ प्राप्त हुनेछ । त्यस सम्वन्धी विस्तृत जानकारी पनि छिटै सार्वजनिक हुनेछ,’ राजदूत आचार्यले भने ।

भारतमा परराष्ट्रमन्त्रीस्तरीय छलफल हुँदै गर्दा नेपालले शुक्रबार दिउसो सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभिशिल्डलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको छ । ‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो।

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीको टोल्मिा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि सहभागी छन् । कोभिडविरुद्धको खोपमा सम्झौँता गर्न टोलीमा उनी पनि समावेश भएको बताइएको छ । भारतीय स्वास्थ्य अधिकारी र स्वास्थ्य सचिव अर्यालबीचको विशेष छलफल आज  बेलुकाको लागि तय भएको समेत सुत्रहरुले बताएको छ ।

‘कोभिशिल्ड ल्याउने बारेमा सम्भवत आजै सम्झौँता हुन पनि सक्छ । नत्र एक दुई दिन भित्रै पनि हुनसक्छ’ मन्त्रालय स्रोतले भन्यो ।

भारतले भने भोलिबाट देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप लगाउने अभियान शुरु गर्दैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *