काठमाडौँको बातावरणमा सामान्य सुधार, पहिलोबाट दोस्रोमा झर्‍यो

काठमाडौँ, २२ पुस ।  काठमाडौँ उपत्यकाको बाताबारणमा सोमबार र मंगलबारको तुलनामा केही सुधार आएको छ । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले बुधबार विहान ९ : २२ बजे काठमाडौ उपत्यकाको एक्युआई १९८ रहेको देखाएको छ ।

जवकी सोमबार ७ : ४५ बजे काठमाडौंको एक्युआई ४८७ र मंगलबार सोही समयमा ३७२ पुगेको थियो ।

सोमबार र मंगलबार काठमाडौँ शहर संसारकै प्रदुशित शहरको सूचीको पहिलो नम्बरमा पुगेको देखिन्थ्यो । तर बुधबार विहानै उपत्यकाको मौसममा सुधार भएसंगै बाताबरणीय प्रदुषण समेतमा सुधार आएको छ ।

बुधबार (आज) विहानको रिपोर्ट :

प्रदुषणमा सोमबार र मंगलबार पहिलो भएको काठमाडौ शहर बुधबार दोस्रोमा झरेको छ । एक्युएअरले पहिलो स्थानमा २३६ एक्युआई सहित भारतको कोलकत्ता शहरलाई राखेको छ ।

उपत्यकाको बाताबरण एक्कासी बिग्रँदा बाताबरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै आम सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका थिए ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा केहीदिन मर्निङ वाकमा ननिस्कन, तथा बृद्धबृद्धा, स्वासप्रश्वासका बिरामी र बालबालिकाहरुलाई घरबाहिर ननिस्कन भनेका थिए । त्यस्तै घरबाहिर निस्कनेहरुले मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका थिए ।

मंगलबार विहानको रिपोर्ट

यस्तै फोहर जलाउने, अनावश्यक आगोबाल्ने काम नगर्न तथा प्रदुषण बढाउने उद्योग तथा कलकारखाना समेत तत्कालका लागि रोक्न आग्रह गरेका थिए । काठमाडौँको बाताबरण विग्रदाँ यात्रा गर्नेहरूमा आँखा पोल्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा असहजता हुने लगायतका समस्या देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *