सरकारले कोरोनाबिरुद्धको खोप छिटो भन्दा छिटो ल्याउँदै छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबिरुद्धको खोप छिटै आउने बताएका छन् । बालबालिकासंग प्रधानमन्त्री कार्यक्रममा विद्यार्थीहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा सो बताएका हुन् ।

कोरोनाको खोप कहिलेसम्म आइपुग्ला भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘छिटै भन्दा छिटै खोप ल्याउनका लागि आज पनि हामी छलफल गरेका थियौँ । निजी क्षेत्रलाई पनि खोप ल्याउन अनुमति दिने र सरकारले पनि सकेसम्म छिटो भ्याक्सिन ल्याउने योजना छ ।’खोप आइसकेपछि पहिलो चरणमा फ्रन्टलाइनमा रहेर काम गर्ने डाक्टर नर्स लगायतका स्वाथ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, त्यसपछि जेष्ठनागरिक र अरुहरु गर्दै सबै नेपालीहरु जसलाई खोप आवश्यक छ लाई लगाउँछौँ, यसका लागि तिब्र तयारी गरेका छौँ ।’

उनले विश्व स्वास्थ्य संगठनको माध्यमबाट कोभ्याक्स फेसिलिटि मार्फत बाट पनि खोप प्राप्त गर्ने तर त्यो अलिकति ढिलो हुनसक्ने भन्दै त्यसभन्दा अघि नै आफूहरुले खरीद गरी ल्याउन लागेको बताए ।

उनले छिमेकी देशमा बनेको खोपलाई ल्याउने आफूहरुको प्राथमिकता रहेको बताए । अहिलो छिमेकी देश भारतको सिरम इन्स्टिच्युटमा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार गरेको कोभिडविरुद्धको खोप तथा चीनमा सिनोफर्मा कम्पनीले उत्पादन गरेको खोप लगाउने तयारीका छन् । प्रधानमन्त्रीले छिमेकमा बन्ने खोप यहाँका लागि बढी प्रभावकारी हुनसक्ने भन्दै पहिलो रोजाईमा रहेको समेत स्पष्ट पारे ।

नेपाल स्काउटको आयोजनामा यो कार्यक्रम भइरहेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *