सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

64
Shares


सिंगापुर, १५ पुस । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ ।

यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ । त्यसपछि यहाँका अरु स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ ।

त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाइ यो खोप दिइने जानकारी पनि यहाँको स्वास्थ्य मन्त्रालयले दिएको छ ।   रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *