मन्त्रालय र विभागका महाशाखा प्रमुखसंग ‘ब्रिफिङ’ लिँदै स्वास्थ्य मन्त्री त्रिपाठी

फाइल फोटो

काठमाडौँ, १४ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीसंग अहिलेसम्म भएका काम र गर्नु पर्ने कामका बारेमा ‘ब्रिफिङ’ लिएका छन् । आइतबार पदवहाली गरेका मन्त्री त्रिपाठीले सोमबार मन्त्रालयका विभिन्न महाशाखाको र मंगलाबार स्वास्थ्य सेवा विभागका विभिन्न महाशाखाका प्रमुखहरुलाई कार्यकक्षमा  बोलाई ‘ब्रिफिङ’ लिएका हुन् ।

‘आज मंगलबार हामीले विभागका महाशाखाले गरेका काम र गर्ने योजनामा रहेका कामका बारेमा मन्त्री ज्यूलाई जानकारी गरायौँ । सबै महाशाखा प्रमुखहरुले आफ्नो कार्यविवरण प्रस्तुत गर्नुभयो,’ विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले भने ।

यसअघि हिजो मन्त्रालय भित्रका विभिन्न महशाखाका प्रमुखहरुले ब्रिफिङ गरेका थिए ।

पदवहालीका बेलामा मन्त्री आफैले स्वास्थ्य अधिकारीहरुलाई ‘सामान्य रुपमा लिखित जानकारी मात्रै गराउनुहोला । लामो समय ब्रिफिङमा बस्ने समय छैन्,’ भनेका थिए । सोही अनुसार नै स्वास्थ्य अधिकारीहरुले लिखित रुपमा विवरणहरु उपलव्ध गराएका छन् ।

गत १० पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दा त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *