बेलायतमा देखिएको कोरोना भाइरसको ‘नयाँ भेरियन्ट’बाट भारतमा ६ जना संक्रमित

नयाँ दिल्ली । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण भारतमा पनि देखिएको छ । मंगलबार छ जना भारतीयमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार उनीहरु हालसालै बेलायतबाट फर्किएर आएका व्यक्तिहरु हुन् । उनीहरुलाई अहिले छुट्टै आइसोलेसनमा राखिएको छ र कन्ट्याक्ट ट्रेसिङको काम समेत सुरु भएको छ ।

त्यसो त भारतले गत साता देखि नै अन्य देशहरुले जस्तै बेलायतसंगको हवाई उडानमा रोक लगाएको छ । यो नयाँ प्रकारको कोरोना भाइरस पुरानो भन्दा धेरै नै संक्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरुले बताउने गरेका छन् ।

एक करोड बढी संक्रमित भेटिइसकेको भारत अहिले विश्वकै सबैभन्दा बढी संक्रमित हुने अमेरिका पछि दोस्रो स्थानमा छ ।

बेलायतबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्। तिनमा कोरोनाभाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ।

गत एक महिनामा बेलायतबाट ३३ हजार मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ।

क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *