पछिल्लो २४ घण्टामा देशभर थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना संक्रमणमुक्त


काठमाडौँ, १३ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ६ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ७ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २०७,  ललितपुरमा ४९ र भक्तपुरमा २२ जना गरी थप २७८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५६८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ६ सय ५९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।  नेपालमा अहिलेसम्म १९ लाख १५ हजार २३२ पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० सय पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ । क्वारेनटिनमा ३६९ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८३२ पुगेको छ ।

त्यसैगरी २५४ जना आइसीयूमा र ४० जना भेन्टीलेटरमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *