नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीको यसरी भयो स्वागत (फोटो-फिचर)
काठमाडौँ, १२ पुस । जिम्मेवारी हेरफेरका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका मन्त्री हृदयेश त्रिपाठीले आजबाट कार्यभार सम्हालेका छन् । दिउसो पौने तीन बजे मन्त्रालय परिसर प्रवेश गरेका उनलाई स्वास्थ्य राज्यमन्त्री नवराज रावतले माला लगाईदिएर स्वागत गरेका थिए ।
त्यसअघि स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । यस्तै मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देक डा दिपेन्द्ररमण सिंह, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई सहित मन्त्रालय तथा विभाग र त्यसअन्तरगर्तका विभिन्न निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
हेरौँ फोटो फिचर





सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



