नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले गरे पदवहाली (भिडियो)

काठमाडौँ, १२ पुस । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपठीले आगामी बर्ष थप २६२ वटा आधारभूत अस्पताल निर्माण सुरु गर्ने नीतिगत निर्णय गरेका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २६२ वटा स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका हुन्।

सबै स्थानीय तहमा कम्तीमा एउटा अस्पताल पु¥याउने लक्ष्यका साथ सरकारले यसबर्ष ३९६ वटा स्थानीय तहमा अस्पताल निर्माणको कार्य थालनी गरिसकेको छ । आगामी बर्ष बाँकी रहेका सबै अर्थात २६२ वटा स्थानीय तहमा अस्पताल निर्माण शुभारम्भ गर्ने योजना मन्त्रालयको छ ।

अस्पताल निर्माणको काम शुरु गरेको दुई बर्षमा सम्पन्न गर्ने योजना छ ।

सरकारको योजना देशका सबै स्थानीय तहमा कम्तिमा आधारभूत तहका अस्पताल होस भन्ने हो । सोही अनुसार यो बर्ष ३९६ वटा अस्पताल निर्माणको प्रक्रिया अघि बढ्यो । आजको निर्णय बाँकी रहेका २६२ वटा स्थानीय तहमा आगामी बर्ष निर्माण शुरु गर्नका लागि नीतिगत निर्णय गरिएको हो । मन्त्रालयका नीति योजना महाशाखाका उपसचिव तारा लुईटेलले बताए ।

उनका अनुसार आजको निर्णयमा स्थानीय तहले यसैबर्ष जग्गा, स्थान र डीपीआर तयार गर्ने उल्लेख छ । डीपीआरका लागि मन्त्रालयले ५ बेडका लागि १ लाख, १० बेडका लागि १ लाख ५० हजार र १५ बेडका लागि २ लाख रुपैयाँ अनुदान पठाउने छ । रकम नपुग भए स्थानीय तहले नै व्यवस्था गर्ने भनिएको छ ।

मन्त्री त्रिपाठीले देशभरका स्थानीय तहमा दुई तीन बर्ष भित्रमा अस्पताल सञ्चालनमा ल्याउने सरकारको निर्णय स्वास्थ्य क्षेत्रका लागि क्रान्ति भएको टिप्पणी गरे । उनले यस्तो निर्णय दक्षिण एसियाली मुलुक कहि पनि नभएको ठोकुवा गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा त्रिपाठीलाई स्वास्थ्यको जिम्मेवारी दिएका हुन् । उनी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए । स्वास्थ्यमा रहेका मन्त्री भानुभक्त ढकाल भने आज देखि संस्कृति पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयमा पुगेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *