फ्रान्समा पनि देखा पर्‍यो कोरोनाभाइरसको नयाँ प्रकार

204
Shares

एजेन्सी । पछिल्लो समय बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार फ्रान्समा पनि पहिलो पटक देखा परेको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको हो ।  उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ। उनमा लक्षणहरु भने देखिएको थिएन।

फ्रान्सले बुधवारबाट बेलायतसंगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो।

तर त्यहाँबाट आफ्नो देशमा आउनेहरूले सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने नियम लगाइएको छ।

यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो।

नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्ने विवरणका माझ थुप्रै देशले बेलायतबाट आउने र जाने उडान रद्द गरिदिएका छन्।

नयाँ प्रकारको भाइरसको सङ्क्रमण रोक्न बेलायतमा अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन्।

अहिले बेलायतमा कोभिड(१९ का कारण ७० हजार मानिसको ज्यान गइसकेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *