कुवेतमा आज देखि कोरोनाबिरुद्धको खोप शुरु हुँदै

आज देखि शुरु हुन लागेको खोप अभियानबारे जानकारी दिदै स्वास्थ्यमन्त्री बसेल अल सबाह

कुवेत । कुवेतले आजबाट आफ्ना नागरिकलाई कोरोना भाइरसबिरुद्धको खोप दिन सुरु गर्दैछ । फाइजर बायोनटेकले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप बुधबार देशमा भित्रिईसकेपछि आजबाट खोप अभियान सुरु गर्न लागेको स्वास्थ्य मन्त्री बसेल अल सबाहले जानकारी दिए ।

खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाईदै छ ।

उनले एक वर्षभरी एक÷एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए । प्रत्येक दिन १० हजार नागरिकलाई खोप दिने योजना बनाएको कुवेतमा बुधबार १ लाख ५० हजार भाइल खोप आएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मन्त्री अल सबाह खोप देशव्यापी रुपमा १८ बर्ष माथिका सबै नागरिकलाई लगाइने योजना रहेको समेत जानकारी दिए । उनले पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति धन्यवाद दिए ।

“उहाँहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,” मन्त्री सबाहले भने ।

खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् ।
बुधबारसम्म देशभर १ लाख ४८ हजार ७७३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये ९२४ जनाको मृत्यु भएको छ । कुल १ लाख ४४ हजार ५९४ जना उपचार पछि निको भएका छन् । देशमा अहिले ३ हजार २५५ जना सक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *