धादिङ अस्पतालमा सघन उपचार कक्षको शुभारम्भ

धादिङ, ७ पुस । धादिङ अस्पतालमा सोमबारबाट सघन उपचार कक्ष (आइसियू) सहितको भेन्टिलेटर सेवाको शुभारम्भ भएको छ । कोरोना भाइरस महामारीपछि वाग्मती प्रदेशअन्तर्गत यो सेवा शुभारम्भ भएको धादिङ तेस्रो जिल्ला बनेको छ ।

यसअघि भक्तपुर र मकवानपुरमा सघन उपचार कक्ष (आइसियू) सहितको भेन्टिलेटर सेवाको शुरुआत भइसकेको छ । धादिङ अस्पतालले १० श्ययाको आइसियू र दुई थान भेन्टिलेटर सेवा आजबाट सञ्चालनमा ल्याएको हो ।

सोमबार आयोजित कार्यक्रममा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आइसियूसहितको भेन्टिलेटर सेवाको शुभारम्भ गरे । त्यस लगत्तै सो सेवा सर्वसाधारणका लागि सो सेवा खुल्ला भएको अस्पतालले जनाएको छ ।

मन्त्री दुलालले अस्पतालको क्षमता बढाउनका लागि औजार, उपकरण सहयोग गर्ने उल्लेख गर्दै धादिङ अस्पतालले निकट भविष्यमा नै डायलासिस सेवा र मुटु रोगको प्रारम्भिक उपचार सेवा शुरु गर्नका लागि प्रदेश सरकारले सघाउने बताए ।

कार्यक्रममा धादिङ अस्पतालले दिएको सेवाका बारेमा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले प्रस्तुति गर्नुभएको गरेका थिए ।

धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *