पीजीको एकीकृत प्रवेश परीक्षा १८ पुस देखि सुरु गर्ने निर्णय

काठमाडौँ, २ पुस ।  चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा १८ पुस देखि सुरु हुने भएको छ । आरक्षण सम्वन्धी मुद्धा सर्वोच्च अदालतले बुधबार टुंग्याइदिएपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले परीक्षाको मिति तोकेको हो ।

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले सर्बोच्चमा परेको मुद्धा खारेज भएपछि परीक्षाको मिति तय गरिएको जानकारी दिए । यसअघि आयोगले असोज २६,२७ र २८ गते परीक्षाको मिति तोकेकोमा सर्वोच्चमा मुद्धा परेपछि परीक्षा रोकिएको थियो ।

एमडीरएस र एमएन,एमएससि नर्सिङ, एमएससि मिडवाइफको पुस १८ गते, एमपीएच, एमपीएचएन, एमएचपीई, एमपिएच, क्लिनिकल साइकोलोजीको एमफील १९ पुसलाई तोकिएको छ ।

यस्तै, एमडीएस,एमफार्म,एमएससी,एमपीएस, एमएससी एमआइटी,एमएससी क्लिनिकलरमेडिकल बायोकेमिस्ट्री र एमएससी क्लिनिकल मेडिकल माइक्रोबायोलोजी, एमओको परीक्षा भने पुस २० गते हुनेछ ।

हेर्नुहोस आयोगको सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *