आयु बढाउन मन छ ? कहिले काहीँ दिउँसो पनि सुते हुन्छ

बीबीसी । कक्षा कोठामा पढाउँदा तपाइँलाई उङ लाग्छ ? समूहगत प्रस्तुतिका बेला निन्द्राले च्याप्ने गरेको छ कि ? त्यसबाट तपाँईका हाकीम रिसाउन पनि सक्छन्। तर, त्यसरी एक झप्का सुत्दा स्वास्थ्यलाई लाभ हुने एउटा अध्ययनले देखाएको छ ।

कहिलेकाँही छोटो समय सुत्दा आयू बढ्ने बैज्ञानिकहरु बताउँछन् ।

सातामा एक वा दुई चोटि दिउँसो छोटो समय सुते मानिसको आयु बढ्ने एउटा अध्ययनले देखाएको हो ।

स्विट्जरल्यान्डस्थित यूनिभर्सिटी अफ लाउजेनका अनुसन्धाताहरूका अनुसार त्यसरी एक(दुई झप्को मार्ने मानिसलाई अरूको तुलनामा मस्तिष्काघात तथा मुटुको रोग हुने जोखिम आधा कम हुन्छ।

तर होस् गर्नुहोस् है, तपाईँ सुत्दा घुर्नुहुन्छ भने चाहिँ त्यसबाट पटक्कै फाइदा हुँदैन नि।

अध्ययन अनुसार सातामा दुई पटक दिउसो त्यसरी सुत्दा मुटु स्वस्थ हुन सक्ने बताइएको छ । त्यसरी दिउसो सुत्ने मानिसमा मस्तिस्कघात हुने सम्भावना पनि कम हुन्छ ।

राती राम्ररी सुतिएको छैन भने त्यसले निन्द्राको क्षतिपूर्ति पनि गरिदिनसक्छ । तर सुत्न जानु अघि तपाईँले थाहा पाउनुपर्ने कुरा के हो भने सधै त्यसरी सुत्दा फाइदा हुँदैन ।

अनि ६५ बर्ष माथिका मानिसबारे यो अध्ययनले कुनै निस्कर्ष दिन सकेको छैन् । त्यसैले दिउसो कति सुत्नु ठिक होला त ? सातामा दुई चोटी जति २० मिनेट सुत्न उपयुक्त हुने विज्ञहरुको धारणा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *