कन्चनपुरमा दुवै हात नभएको शिशुको जन्म

कञ्चनपुर, ३० मंसिर । कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा सोमबार अनौठो शिशुको जन्म भएको छ ।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुका दुवै हात छैनन् ।

पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए ।

“शिशुका दुवै हात छैनन्”, उनले भने, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *