अमेरिकामा सोमवारदेखि कोभिड-१९ खोप दिन शुरू गरिने

एजेन्सी, २८मंसिर । अमेरिकामा सोमवारदेखि कोभिड-१९ खोप दिन शुरू गरिनेभएको छ । कोभिड-१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोनाभाइरस खोप आपत्‌कालीन प्रयोगका लागि अनुमति दिइएपछि अमेरिकामा सर्वसाधारणले सोमवारदेखि लगाउन पाउने अधिकारीहरूले बताएका छन्।

यो हप्तामा पहिलो ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाइएको खोप वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले भने।

यो खोप कोभि-१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (फडीए)ले सुरक्षित ठहर गरेको छ।

शनिवारमात्रै अमेरिकामा सर्वाधिक ३,३०९ जनाको मृत्यु भएको थियो। उक्त सङ्ख्या जोन्स हप्किन्स विश्वविद्यालयले रेकर्ड गरेकोमध्ये संसारभरकै एकदिनमा उच्च मृत्यु हो।अमेरिकामा नोभेम्बर यता कोरोनाभाइरसका कारण हुने मृत्यु तीव्र गतिमा बढिरहेको छ।

ट्रम्प प्रशाशनले कडा दबाव दिएपछि एफडीएले फाइजर खोपलाई आपत्‌कालीन प्रयोगका लागि शुक्रवार अनुमति दिँदै भनेको छ, महामारीमा यो महत्त्वपूर्ण प्रगति हो।

शनिवारको प्रेस सम्मेलनमा जनरल पर्नाले भने, अबको २४ घण्टामा खोप विभिन्न स्थानमा पठाइनेछ।

१४५ स्थानमा सोमवार खोप प्राप्त हुने, ४२५ स्थानमा मङ्गलवार प्राप्त हुने र ६६ स्थानमा बुधवार प्राप्त हुने अपेक्षा छ,उनले आगामी हप्ता फाइजर खोपको पहिलो वितरण सम्पन्न हुने र त्यसले ३ करोड मानिसलाई खोप लगाउन पुग्ने बताए।

पर्नाले संवाददाताहरूलाई खोप सुरक्षित रूपमा यथास्थानमा पुग्नेमा आफू शत प्रतिशत विश्वस्त रहेको बताए।

यूके, क्यानडा, बाहरेन र साउदी अरेबियाका नियामक निकायले फाइजर खोपलाई अनुमति दिइसकेका छन्।

अन्य मुलुकमा झैँ अमेरिकाका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्यकर्मी र केयर होममा बसेकाहरूलाई प्राथमिकता सूचिको पहिलो पङ्क्तिमा पार्ने ठानिएको छ।

उच्च प्राथमिकतामा परेका बाहेक अन्य अमेरिकीले ज्यानुअरीदेखि खोप पाउन शुरू हुने र एप्रीलसम्ममा सहज उपलब्ध हुने ठानिएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *