युएस एफडीएद्धारा फाइजरले बनाएको कोरोनाबिरुद्धको खोप प्रयोग गर्न अनुमति

वासिङटन। अमेरिकी खाद्य तथा औषधिको नियामक निकाय युएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (युएसएफडीए)ले फाइजर / बायोटेकद्धारा तयार पारिएको कोरोना भाइरसबिरुद्धको खोप आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको छ । अमेरिकामा २ लाख ९५ हजार बढीको ज्यान लिइसकेको कोभिड -१९ विरुद्ध यो खोपको प्रयोग गर्न पाएको स्वीकृति महत्वपूर्ण उपलव्धी भएको समेत उसले बताएको छ ।

खोप निर्माता कम्पनीले ९५ प्रभावकारी दावी गरेको यो खोपलाई एफडीएले कोरोनाविरुद्ध प्रयोग गर्न प्रभावकारी र सुरक्षित हुने बताएको छ ।

एफडीएबाट स्वीकृति पाए लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको शुभारम्भ २४ घण्टा भित्रै शुरु गरिने बताए ।

उनले कोरोनाविरुद्ध आफ्नो देशको चिकित्सापद्धतीले चमत्कार हासिल गरेको भन्दै सरोकारवालाई बधाई दिए । उनले नौ महिनाकै अन्तरमा सुरक्षित रुपमा प्रभावकारी खोप तयार गर्न सक्नु अमेरिकाको लागि ठूलो सफलता भएको बताए ।

अमेरिकी स्वास्थ्य सचिव एलेक्स अजारले शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै आगामी सोमबार वा मंगलबारदेखि नियमित रुपमा खोप लगायने कार्य सुरु गर्ने योजना रहेको बताए ।

फाइजर कम्पनीको खोप प्रयोग गर्न यसअघि नै बेलायत, क्यानडा, बहराइन, साउदी अरव लगायतका देशहरुले स्वीकृति दिइसकेका छन् । बेलायतमा त यसको प्रयोग समेत शुरु भइसकेको छ ।

पछिल्लो समय अमेरिकामामा कोरोना संक्रमण र मृत्यु हुनेक्रम पुन उच्च हुँदै गएको छ । बुधबार मात्रै कोरोनाबाट देशभर ३००० जनाले ज्यान गुमाएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *