स्वास्थ्यको राष्ट्रिय संयुक्त बार्षिक समीक्षा आजबाट सुरू

काठमाडौँ, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा आजबाट सुरु गरेको छ ।  चार दिन सम्म चल्ने समीक्षा बैठक यसपटक भर्च्युअल (जुम) विधिबाट सञ्चालन गरिएको छ ।

राष्ट्रिय संयुक्त बार्षिक समीक्षा  बैठकको पहिलो दिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, महानिर्देशक डा दीपेन्द्ररमण सिंह सहित मन्त्रालयका उच्च अधिकारीहरु मन्त्रालयकै हलमा उपस्थित थिए । मन्त्रालयका अन्तरगर्तका अन्य निकायका प्रतिनिधिहरु भने आ आफ्नो कार्यालयबाट लाइभ जोडिएका थिए ।

कोरोना महामारीका कारण यसपटक भर्च्युअल विधिबाट समीक्षा बैठक सम्पन्न गर्न लागेको सचिव अर्यालले बताए ।

स्वास्थ्य मन्त्री ढकाल, सचिव अर्याल तथा दातृ निकायका अधिकारीहरुले शुभकामना दिएर शुरु भएको बैठकमा पहिलो दिन परिषदहरुका तर्फबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद र प्रतिष्ठानहरुको तर्फबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्ँस), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना उपलव्धी र भइरहेका कामहरुको बारेमा प्रस्तुतिकरण राखेको थियो ।

त्यसअघि मन्त्रालयले गरेका कामको बारेमा नीति योजना महाशाखाका प्रमुख डा गुणराज लोहनी र अरु काउन्सिलहरुले गत आर्थिक बर्षमा गरेका कार्यहरुको कम्पाइल रिपोर्ट स्वास्थ्य मन्त्रालयका समन्वय महशाखा प्रमुख एवं प्रवक्ता डा जागेश्वर गौतमले प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *