विशेषज्ञ चिकित्सकलाई पाँच दिन भित्र खटाएको ठाँउमा जान स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रबृत्तिमा एमडीएमएस र एमडीएस पुरा गरेका चिकित्सकहरुलाई ५ दिन भित्र खटाएको ठाँउमा जान निर्देशन दिएको छ ।
मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छात्रबृत्तिमा पीजी कोर्ष पुरा गरेका कतिपय चिकित्सकले कबुलियत नामा अनुसार खटिनुपर्ने ठाँउमा नगएपछि यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा छात्रवृति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार कबुलियतनामा बमोजिम सरकारी अस्पतालहरुमा खटाइएको स्थानमा नगएका चिकित्सकहरुलाइ ५ दिनभित्र हाजिर हुन भनिएको छ ।

मन्त्रालयका बरिष्ठ मेसु डा पवनजंग रायमाझीद्धारा हस्ताक्षरित सूचनामा पाँच दिन भित्र कबुलियत अनुसार नगए त्यस्ता चिकित्सकलाई लगानी असुल उपर गर्ने तर्फको कानून बमोजिम कारवाही अघि बढाउने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *