इटालीमा फेरि ‘लकडाउन’को घोषणा

रोम, १९ मङ्सिर । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्था (लकडाउन) को घोषणा गरिएको छ ।

महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो ।

प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए ।

नयाँ व्यवस्था अनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सिमित गरिने छ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताए ।

इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन् ।

“क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दैछौँ, हामीले राम्रो ख्याल गरेनौं, लपर्वाही गर्यौँ भने महामारी झन फैलिन सक्छ,” प्रधानमन्त्री कोन्टेले भने ।

नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागु हुने पनि उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *