जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

164
Shares


ओटावा, १९ मंसिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।

क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका हुन्।

“यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,” उनले भने ।

उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेबारी समेत उनलाई दिइएको छ ।

उनले डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुने पनि विश्वास व्यक्त गरे ।

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १२ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *