वीर अस्पतालका आन्दोलनरत स्वास्थ्यकर्मी र प्रतिष्ठानबीचको बार्ता सहमति नजिक

काठमाडौँ, १८ मंसिर । विभिन्न माग राखि ४६ दिन देखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीचको बार्ता सहमति नजिक पुगेको छ । प्रतिष्ठान तथा अस्पताल प्रशासनले मुख्य माग पुरा गर्न सहमत भएपछि बार्ता सहमति नजिक पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका विशेष प्रतिनिधिको रोहबरमा दिउसो २ बजे देखि आन्दोलनरत पक्ष र प्रतिष्ठान पक्षबीच राष्ट्रिय ट्रमा सेन्टरको हलमा बार्ता चलिरहेको छ ।

‘अहिले सहमतिका बुँदा ड्राफ्ट हुँदैछ । सम्भवत आज बार्ता टुंगिन्छ, बार्ता टोलीका एक जना सदस्यले भने ।
उनका अनुसार आन्दोलनरत कर्मचारीहरुले उठाउँदै आएको औषधि खरीद खर्च एक साता भित्र उपलव्ध गराउने, ५० प्रतिशत भत्ता ६ हप्ता भित्र उपलव्ध गराउने सहमति भएको छ । यसअघि नपाएको भनिएको कोभिड जोखिम भत्ता भने बुधबार नै बितरण भएको थियो ।’

बार्तामा प्रतिष्ठानका तर्फबाट रजिष्ट्रार प्राध्यापक प्रमिला देवान र आन्दोलनकारीको तर्फबाट ऋषिकान्त अर्यालले नेतृत्व गरेका थिए । मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सहजिकरण गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *