काठमाडौँ उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण

- नेपाली हेल्थ


काठमाडौँ, १८ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४५५ ललितपुरमा ८० र भक्तपुरमा २६ जना गरी ५६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा २ हजार १ सय ११ जना डिस्चार्ज भएका छन्। थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३८८ र भेन्टीलेटरमा ६५ जना संक्रमित उपचाररत छन् ।


Facebook Comment


थप समाचार