ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु


ब्रासिलिया, १६ मंसिर । दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८ जना संक्रमित भएका र २८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

कोरोनाभाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले सोमबारसम्ममा विश्वभर १४ लाख ७४ हजारको मृत्यु भइसकेको जनाएको छ । कोरोना संक्रमितको संख्या विश्वभर ६ करोड ३६ लाख पुगिसकेको छ भने ४ करोड ३९ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

प्राप्त समाचार अनुसार अझै पनि विश्वभर एक लाखको हाराहारीका व्यक्ति गम्भीर स्वास्थ्य समस्यामा छन् ।

संयुक्तराज्य अमेरिकामा गएको २४ घण्टामा मात्र एक हजार २३८ जनाको मृत्यु भएको थियो । यो सहित अमेरिकामा मृत्यु हुनेको कूल संख्या २ लाख ७४ हजार नाघेको छ ।    रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *