मिर्गौला र कलेजो तस्करी गरेको आरोपमा चीनमा डाक्टरहरु नै जेल परे

एजेन्सी । मानवअंग तस्करी गरेको आरोपमा चीनमा चार जना बरिष्ठ डाक्टर सहित छ जना जेल परेका छन् । हुइयान क्वान्टी पिपुल्स अस्पताल अन्हुईमा कार्यरत ती चिकित्सक सहित ६ जना व्यक्तिलाई जेल हालिएको हो । उनीहरुले दुर्घटनामा परेका व्यक्तिहरुलाई अंगदानका लागि प्रेरित गर्ने र नक्कली कागज बनाई झिकेको अंगहरु अन्यन्त्र बेच्ने गरेको आरोप लागेको छ ।

स्थानीय सञ्चारमाध्यमका  उनुसार ती डाक्टरहरुले सन् २०१७ देखि २०१८ सम्ममा त्यस्ता ११ जना घाइतेको मिर्गौला र कलेजो अवैध ढंगले झिकेर बिक्री गरेका थिए । उनीहरुले झिकेको अंग गोप्य ढंगले अंग प्रत्यारोपणका लागि अंग खोजेका बिरामीका आफन्त वा अस्पतालका सम्वन्धीत व्यक्तिसंग सम्पर्क गरी मोटो रकम लिएर बेच्ने गरेको आरोप लागेको छ ।

शुरुमा घाइतेहरुका आफन्तलाई अंगदानका लागि प्रेरित गर्दथे, उनीहरु कन्भिन्स भएपछि रातीको समयमा अस्पतालबाट बाहिर निकालिन्थ्यो, एउटा एम्बुलेन्स जस्तो भ्यानमा लगेर राखिन्थ्यो र त्यहि डाक्टरहरुले अंग निकाल्थे । स्थानीय सञ्चारमाध्यमका अनुसार अंग झिकिएका एक जना महिलाका छोराले अंगदान गरेको आफ्नो आमाको बिबरण खोजी गर्दा अवैध कार्यको कर्तुत बाहिर आएको हो ।

अंगदान गर्नेहरुको बिवरण चाइना अर्गान डोनेशन एडमिनिस्टेटिभ सेन्टर बेइजिङमा रेकर्ड हुनुपर्दथ्यो । तर त्यहाँ कुनै विवरण थिएन । त्यसपछि स्थानीय प्रशासनले खोजी गर्दै जाँदा अवैध रुपमा अंगझिकी कारोबार गर्ने गिरोहको पर्दाफास भएको हो ।

चीनमा अंग प्रत्यारोपणका लागि आवश्यक अंगहरु प्राप्त गर्न मुस्किल पर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *