क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ, १३ मंसिर । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिएको छ । उनले शनिबार बिहानै सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन् ।
लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधारका क्रममा रहेको उनले बताएका छन् ।
आफू अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म छिटै फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



