काठमाडौँ उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण

140
Shares

काठमाडौ, १० मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटमा ३५० जना महिला र ४८५ जना पुरुष सहित थप ८३५ जना संक्रमित थपिएको उल्लेख छ ।

मन्त्रालयले उपत्यकामा तीन जिल्लामध्ये काठमाडौँमा ६३५ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ११३ जनामा संक्रमण भएको बताएको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ९ हजार २१० जनाको पीसीआर गर्दा १ हजार ९४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यहि अवधीमा ३ हजार १४० जनाले कोरोना परास्त गरेको र २८ जनाको ज्यान गएको बताएको छ ।

पछिल्लो साता पीसीआर परीक्षण र संक्रमण दर घटदो क्रममा देखिएको छ तर मृत्यु दर भने कम देखिएको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *