काठमाडौँ उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण

248
Shares

काठमाडौँ, ४ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २२९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ९६५ जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ७५ जना गरी कुल १ हजार २२९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५८ प्रतिशत हो ।

आज देशभर ९ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १०३ जनामा कोरोना पुष्टि भएको थियो ।

यहि अवधीमा २ हजार ८५८ जनाले कोरोना जितेको र १७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *