धौलागिरी अस्पतालमा शरीर जोडिएका शिशु जन्मिए
बागलुङ ३ मंसिर । धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएका (कन्ज्वाइन्ड टुइन्स) दुई शिशुको जन्म भएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ बर्षीया अनिता विकले मंगलबार शरीर जोडिएको शिशु जन्माएकी हुन् । यद्धपी दुबै शिशु जम्मदै मृत अवस्थामा थिए ।
विकलाई पर्वत अस्पतालले मंगलबार बाट बिहान ४ बजे रिफर उनीहरु धौलागिरी अस्पताल आएका थिए । विहान ६ बजेर १० मिनेटमा उनले शिशु जम्माएको देवी भट्टराईले जानकारी दिइन । शिशुहरू जन्मदै मृत्त भएपनि आमाको अवस्था सामान्य रहेको उनले जानकारी दिइन ।
गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पुर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाई छ ।
‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेनछ,’ भट्टराईले भनिन् ‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं । बच्चा जन्मदा नै मृत्त थिए । आमाको अवस्था सामान्य छ र उनी अस्पतालबाट डिस्चार्ज भइ घर फर्किनु भएको छ ।’
सम्पर्क इमेल : [email protected]