दाङका कोरोना संक्रमितको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु
नेपालगञ्ज, १७ कात्तिक । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक जना कोरोना संक्रमितको आइतबार राती मृत्यु भएको भएको छ । तुल्सीपुर उपमहानगरपालिका ९ दाङ निवासी ४८ बर्षीय पुरुषको आइतबार राती सबा ११ बजे मृत्यु भएको हो ।
मृत्यु भएका व्यक्तिलाई गत १० कात्तिकमा उपचारका लागि अस्पताल ल्याइएको थियो । ११ कात्तिकमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार हुन नसकेको बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
यो संगै जिल्लामा बाहिरी जिल्लाबाट आई मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



