दाङका कोरोना संक्रमितको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु

नेपालगञ्ज, १७ कात्तिक ।  भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक जना कोरोना संक्रमितको आइतबार राती मृत्यु भएको भएको छ । तुल्सीपुर उपमहानगरपालिका ९ दाङ निवासी ४८ बर्षीय पुरुषको आइतबार राती सबा ११ बजे मृत्यु भएको हो ।

मृत्यु भएका व्यक्तिलाई गत १० कात्तिकमा उपचारका लागि अस्पताल ल्याइएको थियो । ११ कात्तिकमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार हुन नसकेको बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यो संगै जिल्लामा बाहिरी जिल्लाबाट आई मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *