काठमाडौँ उपत्यकामा कोरोना संक्रमण : दशैंको दिन थपिए ८९५ जना

काठमाडौँ, १० कात्तिक । बडा दशैंको दिन आज काठमाडौँ उपत्यकामा थप ८९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना गरी कुल ८९५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो संख्या देशभर आज देखिएको कुल संक्रमित संख्याको ५१.४० प्रतिशत हो । आज देशभर कुल १ हजार ७४१ जना  संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार आजको सहित काठमाडौँमा कुल संक्रमितको संख्या ५६ हजार ३०२ पुगेको छ । त्यसमध्ये ३८ हजार ४०३ जना कोरोनामुक्त भइसकेका छन् । १९८ जनाको भने मृत्यु भईसकेको छ । अहिले काठमाडौँ जिल्लामा मात्रै संक्रिय संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

यस्तै ललितपुरमा आजको सहित कुल संक्रमितको संख्या ८ हजार २९ पुगेको छ । ५ हजार ४५४ जना निको भइसकेका छन् । ५५ जनाको कोरोनाबाट ज्यान गएको छ । बाँकी २ हजार ५२० जना संक्रीय संक्रमितको रुपमा रहेका छन् ।

यता भक्तपुरमा आजको सहित कुल संक्रमितको संख्या ५ हजार ३८९ पुगेको छ । त्यसमध्ये ३ हजार ८९७ जना कोरोना मुक्त भईसकेका छन् । भक्तपुरमा अहिलेसम्म ५७ जनाको ज्यान गएको छ । बाँकी १ हजार ४३५ जना संक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *