कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ७६५ पुग्यो

काठमाडौँ, ४ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार १ सय ८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



