सरकारले भन्यो, ‘रेम्डेसिभिर औषधि कोभिड-१९ सूचिकृत अस्पतालका फार्मेसीमा पाईन्छ’

काठमाडौँ, २ कात्तिक । कोरोना संक्रमणपछि जटिल अवस्थामा पुगेका बिरामीको उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिर औषधिको वितरण अव कोभिड -१९ को उपचार गर्ने सूचिकृत अस्पतालको फार्मेसीबाट उपलव्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर अहिले नेपालमा सो औषधि अभाव देखिएको छ ।

सरकारले सूचिकृत गरेका तीनवटा आयातकर्ता संस्थाहरुले आफूसंग औषधि मौज्दात नभएको र आउनका लागि अझै कम्तिमा आठ दश दिन लाग्ने बताएका छन् ।

कोरोना सम्वन्धी नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब देखि रेम्डेसिभिर औषधि कोरोनाको उपचार गर्ने सूचीकृत अस्पतालका फार्मेसीबाट उपलव्ध हुने बताए ।

संसारभरी क्लिनिकल ट्रायलको रुपमा रहेको यो औषधि दुई महिना अघि देखि नेपालमा पनि ट्रायलकै रुपमा प्रयोग हुन थालेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोधमा औषधि व्यवस्था विभागले भारतका तीनवटा औषधि कम्पनीबाट उत्पादित रेम्डेसिभिर ल्याउन अनुमति दिएको छ । ट्रायलका रुपमा प्रयोग भएकोले यसअघि यो औषधि किन्नु पर्ने थिएन । तर अव भने किन्नु पर्नेै देखिएको छ ।
संक्रमितहरु बढ्ने र गम्भीर अवस्थामा पुग्ने क्रम बढदै जाँदा नेपालमा यो औषधिको माग बढ्दो क्रममा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *