त्रिवि शिक्षण अस्पताल पुगे डा. केसी, आइसीयूमा राख्ने अस्पतालको तयारी

काठमाडौँ, ६ असोज । राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका डा गोविन्द केसी त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनी अहिले आकस्मिक कक्षमा रहेका छन् ।

त्यहाँका चिकित्सकहरुले अब आइसीयू वार्ड तयार गरी त्यहाँ भर्ना गरिदिने तयारी गरेका छन् । अस्पतालका निर्देशक डा दिनेश काफ्लेले डा केसी शिक्षण अस्पताल आइपुगेको बताए । उनले डा केसीलाई विरामीको रुपमा आइसीयूमा भर्ना गरि राख्ने तयारी भएको बताए ।

यसअघि ट्रमा सेन्टरमा लैजाँदा डा केसीले आफू त्रिवि शिक्षण अस्पतालमा जान चाहेको बताउँदै सुरक्षाकर्मीसंग प्रतिवाद गरेका थिए । केही बेर अघि उनी ट्याक्सी चडेर बाहिरिएको ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *