त्रिवि शिक्षण अस्पताल पुगे डा. केसी, आइसीयूमा राख्ने अस्पतालको तयारी

660
Shares

काठमाडौँ, ६ असोज । राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका डा गोविन्द केसी त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनी अहिले आकस्मिक कक्षमा रहेका छन् ।

त्यहाँका चिकित्सकहरुले अब आइसीयू वार्ड तयार गरी त्यहाँ भर्ना गरिदिने तयारी गरेका छन् । अस्पतालका निर्देशक डा दिनेश काफ्लेले डा केसी शिक्षण अस्पताल आइपुगेको बताए । उनले डा केसीलाई विरामीको रुपमा आइसीयूमा भर्ना गरि राख्ने तयारी भएको बताए ।

यसअघि ट्रमा सेन्टरमा लैजाँदा डा केसीले आफू त्रिवि शिक्षण अस्पतालमा जान चाहेको बताउँदै सुरक्षाकर्मीसंग प्रतिवाद गरेका थिए । केही बेर अघि उनी ट्याक्सी चडेर बाहिरिएको ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *