चु जी फाउन्डेसनद्धारा २० वटा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, १ असोज । कोरोना विरुद्धको अभियानका लागि ताइवानको चु जी फाउन्डेशनले नेपाल सरकारलाई ९३ लाख बढी मूल्य बराबरको मेडिकल उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा फाउन्डेसनको तर्फबाट नेपालमा समन्वय गरेको संस्था हेल्थ इन्भाइरोमेन्ट एण्ड क्लाइमेट एक्सन फाउन्डेशन हेकाफ ३६० ती सामग्री स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तर गरेको हो ।

हस्तान्तरण गरिएका सामग्रीहरु २० थान भेन्टिलेटर, १४ हजार ४०० थान फेस मास्क, ८०० थान लेटेक्स ग्लोब्स, १२२४ प्रोटेक्टिभ क्लोथ, ७० थान इन्फाइराइड थर्ममिटर, १०८० फेसमास्क हस्तान्तरण गरेको हो ।

यसअघि पनि यो संस्थाले गत २१ जेठमा मन्त्रालयलाई ३० वटा बाईप्याप भेन्टिलेटर सहित एक करोड २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको थियो ।

सहयोगमा प्राप्त भेन्टिलेटर कहाँ कहाँ बाँढियो ?
मन्त्रालयका अनुसार फाउन्डेशनबाट प्राप्त २० वटा बाईप्याप भेन्टिलेटरमध्ये पाँच थान प्युठान अस्पतालमा, दुई थान लुम्बिनी प्रादेशिक अस्पताल, पाँच थान त्रिवि शिक्षण अस्पताल, तीन थान दमक अस्पतालमा, दुई थान आम्दा अस्पताल, इलाम जिल्ला अस्पतालमा दुई थान, तेह्रथुम जिल्ला अस्पतालमा एक थान वितरण गरिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *