फार्मासिस्टको लाइसेन्स परीक्षा असोजको दोस्रो साता गर्ने तयारी

काठमाडौँ, २० भदौ । नेपाल फार्मेसी काउन्सिलले कोरोना भाइरस (कोभिड -१९)को महामारीका कारण स्थगित १५ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी असोजको दोस्रो साता गर्ने तयारी गरेको छ । यसअघि संक्रमण बढ्दै जाँदा गत १२ र १३ भदौका लागि तय भएको परीक्षा स्थगित भएको थियो ।

काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेले आफूहरु असोजको दोस्रो सातासम्ममा परीक्षा लिने तयारीमा जुटेको बताए । उनले भने, ‘अहिले नै यो दिन हुँदैछ भनेर भनिहाल्ने अवस्था भएको छैन् । तर हाम्रो तयारी असोजको दोस्रो सातासम्म गर्ने भन्ने छ ।’

उनले यसपटकको परीक्षा संघीय मोडलबाट हुने बताए । ‘यसपटक हामी सातै प्रदेशबाट परीक्षा लिने योजनामा छौँ । परीक्षामा स्वास्थ्यका लागि तय गरिएका सम्पूर्ण मापदण्ड पालना गरिनेछ । त्यसो गर्दा एउटा प्रदेशमा परीक्षार्थीको चाप हेरेर धेरै केन्द्र पनि तोकिन सक्छ,’ उनले भने ।

काउन्सिलबाट लाइसेन्स लिनका लागि यसपटक व्याचलर इन फार्मेसी (फार्मासिस्ट) मा ७०४ जना र डिप्लोमा इन फार्मेसी (फार्मेसी असिस्टेन्ट)मा ९०० जनाको आवेदन परेको छ ।

यसअघि कोरोनाका कारण २ पटक स्थगित भएको चिकित्सकहरुको लाइसेन्स परीक्षा नेपाल मेडिकल काउन्सिलले आज सम्पन्न गरेको छ । यो परीक्षा पनि पहिलो पटक संघीय मोडलबाट देशका विभिन्न ठाँउमा परीक्षा केन्द्र राखेर सम्पन्न भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *