राष्ट्रिय ट्रमा सेन्टरका एक जना कर्मचारीमा कोरोना देखियो, निर्देशक सहित ४० बढी क्वारेन्टिनमा जाने तयारी

काठमाडौँ, २६ साउन । राष्ट्रिय ट्रमा सेन्टरका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्टोर किपरको जिम्मेवारी पाएका एक कर्मचारीमा ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

उनलाई कोरोना देखिएपछि अस्पतालका निर्देशक डा सन्तोष पौडेल सहित प्राइमरी कन्ट्याक्टमा रहेका ४० बढी स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा जाने तयारीमा छन् ।

‘एक जना स्टाफलाई संक्रमण देखियो । उनी स्टोरमा काम गर्ने भएकाले प्रशासनिक कर्मचारीसंग प्रत्यक्ष सम्पर्क हुने भयो । हामी ४० बढी स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा जाने तयारी गर्दैछौँ,’ डा पौडेलले भने ।

उनले त्यसअघि प्राइमरी कन्ट्याक्टमा रहेका सबैको पीसीआरका लागि नमूना दिने योजना रहेको सुनाए । उनले आफूहरु क्वारेन्टिनमा गएपनि अस्पतालको सेवा सुचारु रहने बताए ।

‘अस्पतालको सेवा त अहिले जारी नै राख्ने योजनामा छौँ । रहन्छ नै । प्रशासन तर्फका धेरै क्वारेन्टिनमा जानुपर्ने हो । मेडिकल तिरका खासै एक्सपोज भएको छैन् । त्यसैले सेवा जारी रहन्छ । त्यसअघि हामीले सबैको पीसीआर जाँच गराउँछौँ,’ उनले भने ।

संक्रमित कर्मचारीलाई टेकु पठाउन लागिएको समेत उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *