स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार तीन जना कार्यालय सहयोगी र एक जना सवारी चालक भएको बुझिएको छ ।

गत शुक्रबार मन्त्रालयमा कार्यालय सहयोगी तथा सवारी चालक समेत गरी ८४ जनाको नमूना संकलन गरिएको थियो । ती मध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया खाजा खुवाउने कार्यमा सम्लग्न थिए ।

संक्रमण देखिएपछि अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने र नमूना लिने तयारीमा मन्त्रालय रहेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *