देशभर थपिए ३७८ जना कोरोना संक्रमित, संक्रमितको संख्या २२ हजार ५९२

  • पछिल्लो २४ घण्टामा थप ४९९ जना डिस्चार्ज
  • - नेपाली हेल्थ

    काठमाडौँ, २४ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ७ हजार ७८८ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३७८ जनामा संक्रमण देखिएको बताए ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४९९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ३१३ पुगेको छ ।

    देशभरका क्वारेनटिनमा १० हजार ७९२ जना रहेका छन् ।

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।


    Facebook Comment


    थप समाचार