नारायणी अस्पतालका डाक्टर नर्स लगायतका १८ सहित ५३ जनामा कोरोना संक्रमण

पर्सा १५ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वीपर, एम्बुलेन्स चालक, स्टोरकिपर लगायतका १८ सहित ५३ जनामा कोराना संक्रमण देखिएको छ । एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण देखिँदा अस्पतालकै सेवामा गम्भीर असर परेको छ ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जामुन ठाकुरका अनुसार नारायणी अस्पतालमा कार्यरत तीन जना डाक्टर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फर्किएका एक जना एमबीबीएसका विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै अस्पतालका विभिन्न वार्डमा कार्यरत ८ जना स्टाफ नर्समा पनि संक्रमण देखिएको छ । यस्तै नारायणी अस्पतालकै स्वीपर भान्से गरी ५ जनामा संक्रमण देखिएको छ ।

अस्पतालकै एक जना स्टोर किपर र एक जना एम्बुलेन्स ड्राइभरलाई समेत कोरोना संक्रमण देखिएको छ ।

यस्तै वारा जीतपुर सिमरा नगरपालिकाको क्वारेन्टिनका स्वास्थ्य इन्चार्ज र अर्का एक जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

यस्तै दुई जना नेपाली सेनाका जवानमा पनि संक्रमण देखिएको छ ।

अरु स्थानीय तथा क्वारेन्टाइनमा रहेकाहरु रहेका छन् ।

‘अधिकांश कन्ट्याक्ट ट्रेसिङका हुन् तर यसपटक ठूलो संख्या अस्पतालकै स्टाफहरु परेका छन् । यसले अस्पतालको सेवामा समेत अवरोध सिर्जना गर्न सक्छ । डाक्टर देखि एम्बुलेन्स ड्राईभरसम्ममा संक्रमण छ,’ जनस्वास्थ्य निरीक्षक ठाकुरले भने ।

केही दिन यता बारा पर्सा लगायतका जिल्लाहरुमा संक्रमणले तिब्रता पाएको छ । संक्रमण बढदा पोजेटिभ केसहरुलाई अस्पतालको आइसोलेसनमा राख्न समेत समस्या भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *