भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

0
Shares


नयाँ दिल्ली,३० असार । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ ।

भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन्् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरीको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *