पछिल्लो चौविस घण्टामा थपिए ८२ जना कोरोना संक्रमित

काठमाडौँ, २८ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ८२ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ । देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ९१६ जनाको पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा देशभर थप ८२ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ८ ०१ पुगेको छ।

यस्तै  पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ५८९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *