गण्डकी प्रदेशमा थपिए १४ जना कोरोना संक्रमित

काठमाडौँ, २७असार । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण देखिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणबाट थप १४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये ५ जिल्ला कास्की, तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका १४ जना पुरुष रहेका छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १७६ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६३३ पुगेको छ ।

जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *