रोकिएको चिकित्सक लाइसेन्स परीक्षा साउनको अन्तिम साता गर्दै काउन्सिल

काठमाडौँ, २६ असार । नेपाल मेडिकल काउन्सिल गत ८ चैतमा रोकिएको चिकित्सक (एमबीबीएस र बीडीएस) हरुको नाम दर्ता प्रमाणपत्र ( लाइसेन्स ) परीक्षा साउनको अन्तिम सातासम्ममा सम्पन्न गर्ने तयारीमा जुटेको छ । काउन्सिलको गत बुधबार बसेको बैठकले कोरोना संक्रमणको डरले यसअघि स्थगित परीक्षा साउनको अन्तिम साता लिने निर्णय गरेको हो ।

गत ८ चैतका लागि तय भएको यो परीक्षा कोरोना संक्रमणको खतरा जनाउँदै अन्तिम समयमा स्थगित भएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले स्वास्थ्य सुरक्षाका मापदण्ड पु¥याएर रोकिएको परीक्षा लिने निर्णय भएको बताए । ‘परीक्षाको मिति टुंगो लागिसकेको छैन् । २२ – २३ वा २८-२९ साउनमध्ये एउटा समयमा गर्ने तयारीमा छौँ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर परीक्षा लिइनेछ,’ डा अधिकारीले भने ।

काउन्सिलका अनुसार चैतको परीक्षाका लागि ७९३ जना एमबीबीएस र २६७ जना वीडीएसका गरी १ हजार ६० जनाले फारम भरेका छन् । अब साउनको अन्तिममा हुने भनिएको उनीहरुको परीक्षा हो ।

काउन्सिलले अहिलेसम्म लाइसेन्स परीक्षा स्वयम्भूस्थित नेपाल सेनाको स्वास्थ्य विज्ञान संस्थानमा गर्दै आएको थियो । तर अबको परीक्षा भने पुल्चोकस्थित नेपाल इन्जिनियरिङ क्याम्पसमा हुने भएको छ । ‘अबको परीक्षा पुरै कम्युटर वेसमा हुनेछ । डिजिटल माध्यमबाट परीक्षा लिदैछौँ,’ डा अधिकारीले भने ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आइओएमले पीजीको परीक्षाका लागि पीसीआर टेष्ट र १४ दिन क्वारेन्टाइनमा रहनुपर्ने जस्ता नियम लगाएको छ ।

तर काउन्सिलले अहिले त्यस तर्फ सोच नभएको बताएको छ । ‘डाक्टरको परीक्षा हो । स्वास्थ्य सुरक्षाको सम्वेदनशीलता हामी सबैलाई थाह छ । मापदण्डको पालना हुन्छ । अहिले यत्ति बुझौँ,’ डा अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *