काठमाडौँ र ललितपुरमा थपिए २३ जना कोरोना संक्रमित

काठमाडौँ २४ असार । पछिल्लो २४ घण्टामा  उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना संक्रमित थपिएका छन् ।

उपत्यकाका तीन जिल्लामा हालसम्म २९० कोरोना संक्रमित देखिएका छन्।

सोमबार काठमाडौँ उपत्यकामा ५४ जना  र मंगलबार २८ जना कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा देशभर २५५ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७ हजार ७५२ पुगेको छ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ८ हजार ६३६ जना उपचाररत छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *